अनलाइनमार्फत घरमै नक्सा
भोजपुर । प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।
यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिए ।
गत साउन महिनाबाट ‘मेरो कित्ता’ नामको वेभ साइटमार्फत घरबाट नै नक्सा लिने व्यवस्था सञ्चालन आएको उनले जानकारी दिए । यो सेवाले विशेष गरी दुर्गम तथा ग्रामीण भेगका नागरिकका लागि यो सेवा निकै उपयोगी रहेको उनको भनाइ छ । “नापी कार्यालयबाट हुने सेवालाई प्रविधिमैत्री बनाएका छौँ” प्रमुख गिरीले भने, “नक्सा लिनको लागि अहिले कार्यालयसम्म आउन पर्दैन । अनलाइनबाट नै सेवा लिन सकिन्छ ।”
उनका अनुसार अनलाइन प्रणालीमार्फत सेवा उपलब्ध गराउँदा समय, खर्च र जनशक्ति बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढेको छ । सेवाग्राहीले अब लामो लाइन बस्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने तथा अनावश्यक खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ ।
प्रणालीमार्फत जग्गाको नक्सा लिनका लागि सेवाग्राहीले जिल्ला, स्थानीय तह, वडा नम्बर, कित्ता नम्बरलगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ । सो विवरणका आधारमा सम्बन्धित नक्सा तुरुन्तै प्रणालीमा देखिने र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट सेवा विस्तार गरिँदै जाँदा सरकारी कार्यालयमा हुने भिडभाड घट्नुका साथै कर्मचारीको कार्यदक्षता पनि बढ्ने देखिएको छ ।
स्थानीयस्तरमा पनि यस सेवाप्रति चासो बढ्दै गएको छ । प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएका युवा पुस्ताले यो सेवाबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । अन्य नागरिकलाई अनलाइन प्रणाली प्रयोगबारे जानकारी गराउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण