‘विदेश जान्नँ, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’
मोरङ । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहेका छन् ।
वैदेशिक रोजगारीमा नगई २५ वर्षीय राजा ठाकुर पुर्ख्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहेका छन् । सुनसरीको दुहबी नगरपालिका–७, भलुवाका २५ वर्षीय राजा ठाकुर विगत ८ वर्षदेखि कपाल काट्ने (हजाम) पेसामा सक्रिय छन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि एसएलसी उत्तीर्णलगत्तै आफूले यो पेसा अङ्गालेको राजा ठाकुर बताउँछन् । बुबा रञ्जित ठाकुर र हजुरबुबाबाट गाउँमै यो सीप सिकेका राजाले अहिले यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाएका छन्।
आर्थिक अभावका कारण बिचमै पढाइ छाड्न बाध्य बन्नुुभएका राजामा पढ्ने इच्छा भने मरेको थिएन। त्यसैले ८ वर्षको अन्तरालपछि उनले पुनः शिक्षा हासिल गर्ने अठोट गरे । हालै उनले बेलबारी–११ स्थित रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिएका छन् । दिनभर कैँची र काइँयोसँग खेल्ने राजा बिहान–बेलुका भने आफ्नो शैक्षिक भविष्य सुधार्न व्यस्त रहन्छन्।
हाल मोरङको बेलबारी–११ स्थित मामा शिवनाथ ठाकुरको सैलुनमा काम गरिरहेका राजाले यस पेसाबाट सम्मानजनक आम्दानी गरिरहेको बताए। “दैनिक एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कमाई हुन्छ”, उनले भने, “आफ्नै माटोमा पसिना बगाउन सके विदेशमा भन्दा राम्रो कमाई यहीँ सम्भव छ ।”
उनले आफू मात्र कमाउनुहुन्न, आफ्ना तीन जना साथीहरूलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिएका छन् । चार जनाको परिवार (बुबा, आमा, बहिनी र आफू) को जिम्मेवारी सम्हाली रहेका उनलाई आफ्नो काममा गर्व छ ।
धेरै युवा साथीहरू राहदानी बोकेर म्यानपावर धाइरहेका बेला राजाको सोच भने फरक छ । उनले भने, “म विदेश जान्नँ, बरु यही पेसालाई थप आधुनिक बनाएर स्वदेशमै केही गर्ने ऊर्जाका साथ अघि बढिरहेको छु ।” पुर्ख्याैली पेसालाई लाजको विषय नबनाई सीप र मिहिनेत गर्ने हो भने आर्थिक समृद्धिका लागि विदेशिनु पर्दैन भन्ने गतिलो सन्देश राजा ठाकुरले दिनुभएको बेलबारी उद्योग वाणिज्य सङ्घका सचिव रूपेश श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण