वीरगन्जबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
आइतबार, ०३ जेठ २०८३, १४ : १५
सारांश
- प्रहरीले पर्साको वीरगन्जबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा २० वर्षीय राहुल सिंह र १९ वर्षीय नन्दन गुप्ता छन् ।
- आरोपीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
काठमाडौँ । प्रहरीले पर्साको वीरगन्जबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय राहुल सिंह र बाराको सिमरा जितपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय नन्दन गुप्ता छन् ।
जेठ २ मा वीरगन्ज–३१ स्थित कटगेनवा सडक खण्डबाट पक्राउ परेका आरोपीहरूको साथबाट ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले रातोपाटीलाई बताए ।
आरोपीहरू ना.३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचाकतर्फ आउँदै थिए । पक्राउ परेकाहरूमाथि प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण