धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न
गोरखा । उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । आइतबार यहाँ आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुलको उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो । पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहजता हुने धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार पुल निर्माण भएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुब्री गाउँपालिकामा आवतजावत सहज भएको हो । नौलीखोलामाथिको निर्मित पुल सञ्चालनमा आएसँगै उत्तरी गोरखाबासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।
पुल निर्माणका लागि विसं २०७९ साउन २३ गते सूर्योदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग रु चार करोड ३४ लाख ७५ हजार ३५९ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
विसं २०८१ साउन २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि आगामी साउन २२ गतेसम्मका लागि पुनः म्याद थप गरिएको थियो । करिब ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ । निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण