कीर्तिमानी सन्दीप र ललितको घातक बलिङ, १ सय ९४ रनमा समेटियो स्कटल्यान्ड
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।
- स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको हो ।
टोलीका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको सानदार इनिङ्स खेले । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र ६ छक्का प्रहार गरे ।
माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । ओपनर जर्ज मुन्सेले ३१ बलमा २१ रन बनाए भने मार्क वाटले ३४ बलमा २० रन जोडे ।
स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे । ललितले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए ।
सन्दीपले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे । उनले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी यो फर्म्याटमा सबैभन्दा चाँडो १५० विकेट लिने बलर बनेका छन् । उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बनाएको रेकर्ड भङ्ग गर्न सफल भए ।
नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण