बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दी। बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो।
म्याग्दी नदी किनारमा १६५ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण सम्पन्न भएको हो। पर्खाल निर्माणका लागि २०८२ वैशाखमा रुपल-सुप्रिम कन्स्ट्रक्सनसँग रु चार करोड २१ लाख ५९ हजार ६९९ मा ठेक्का सम्झौता भएको थियो।
आगामी असार २० गतेसम्म ठेक्काको म्याद भए पनि इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्यभन्दा एक महिनाअघि काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुरेश खड्काले जानकारी दिए।
उनका अनुसार गत मंसिरदेखि निर्माण सुरु भएको थियो। भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याबिन पर्खाल निर्माण भएको आयोजनाका इन्जिनियर नरजङ गुरुङले उल्लेख गरे।
बेनी बजार संरक्षण कार्यक्रममार्फत सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक दशकयता म्याग्दी र कालीगण्डकी नदी कटानको जोखिम रहेको बेनी वरपरको क्षेत्रमा नदी नियन्त्रणका आयोजना सञ्चालन गरेको छ।
आयोजनामार्फत यसअघि बेनीको मङ्गलाघाट, न्युरोड, कालीपुुल क्षेत्रको कालीण्डकी र म्याग्दी नदी किनारमा करिब दुई किलोमिटर पक्की पर्खाल निर्माण निर्माण भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण