मुख्य रजिष्ट्रार र रजिष्ट्रार हिँडेपछि दर्ता भएन दरपिठ विरुद्धको निवेदन
सारांश
- प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्धका रिट निवेदन कामु प्रधानन्यायाधीशको आदेशपछि पनि सर्वोच्च प्रशासनले दर्ता गरेको छैन ।
- मुख्य रजिष्टार विमल पौडेल र रजिष्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएपछि दरपिठ विरुद्धको निवेदन दर्ता हुन नसकेको हो ।
- रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कर्मचारीहरू कार्यकक्ष छोडेर हिँडेको र तालिम तथा मिटिङमा रहेको बताएका छन् ।
काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माविरुद्धका रिट–निवेदन कामु प्रधान न्यायाधीशको आदेशपछि पनि प्रशासनले दर्ता गरेको छैन । बिहान ११ बजे कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश सिफारिस विरुद्धका रिट १ बजेभित्रमा दर्ता गरेर जानकारी गराउन भने पनि साँझ ५ बजेसम्म दर्ता हुन सकेको छैन ।
दर्ता गराउन आदेश दिएका मुख्य रजिष्टार विमल पौडेल र रजिष्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएपछि दरपिठ विरुद्धको निवेदन दर्ता हुन नसकेको हो । सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने मुद्दा शाखाका प्रमुख एवं सहरजिष्टार अर्जुन कोइरालाले आफू तालिममा रहेको रातोपाटीसँग बताए ।
_lIMLW7ml3A.jpg)
कोइरालाको निर्देशनमा मात्रै रिट निवेदन दर्ता हुन्छ । उनको निर्देशनविना निवेदन दर्ता नहुन सक्छ । मुख्य रजिष्टार पौडेल सोमबार बिहानैदेखि कामु प्रधानन्यायाधीशसँगै जोडिएको कार्यकक्षमा अनुपस्थित छन् । मिटिङ भनेर उहाँ बाहिर रहनुभएको अदालतका एक कर्मचारीले बताए । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिउँसो ५ बजेसम्म निवेदन दर्ता हुन नसकेको बताए । ‘कर्मचारीहरू कार्यकक्ष छोडेर हिँडेका छन्, कोही मिटिङ छ भन्छन्, कोही तालिम छ भन्छन्,’ उनले भने, हामी अन्योलमा छौँ ।‘
_cvUCBlwFTZ.jpg)
सोमबार बिहान कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता नभएको विषयमा मुख्य रजिष्टार पौडेललाई सोधेकी थिइन् । त्यसपछि कामु प्रधानन्यायाधीश प्रधानले सर्वोच्च प्रशासन र प्रस्तावित प्रधानन्यायाधीशले रिट दर्तामा अवरोध गरेको भन्दै आदेश लेखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण