कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ गते
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ ६ गते प्रदेशसभाको बैठक बोलाइएको छ भने त्यसको भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ।
यस वर्षको नीति तथा कार्यक्रममा सरकारले केही नवीन र जनमुखी योजनाहरूलाई मुख्य प्राथमिकतामा राखेको छ । विशेष गरी, हाल निजी क्षेत्रबाट मात्र सञ्चालन भइरहेका लागूऔषध सुधार केन्द्रहरू अब सरकारी स्तरबाटै स्थापना गरिने मन्त्री पराजुलीले जानकारी दिए।
प्रदेशका दुई स्थानमा स्थापना गरिने यस्ता केन्द्रका लागि विगतमा कोभिड–१९ को समयमा बनाइएका क्वारेन्टाइन स्थलहरूलाई प्रयोगमा ल्याइने सरकारको योजना छ।
यसैगरी, पहाडी क्षेत्रबाट तराईतर्फ भइरहेको तीव्र बसाइँसराइ रोक्नुलाई सरकारले आफ्नो अर्को प्रमुख एजेन्डा बनाएको छ ।
पहाडबाट हुने पलायनलाई न्यूनीकरण गर्न र स्थानीयलाई थातथलोमै स्वरोजगार बनाउन पहाड केन्द्रित पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र औद्योगिकीकरणका कार्यक्रमहरू ल्याइने मन्त्री पराजुलीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण