निर शाह निर्देशित ‘कमला मिस’को फष्ट लुक्स सार्वजनिक
सारांश
- निर शाह निर्देशित फिल्म ‘कमला मिस’ साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
- सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभङ्गीमामा प्रस्तुत गरिएको छ ।
- लगभग एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक निर शाह निर्देशित फिल्म हो ‘कमला मिस’ । फिल्म साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्स पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभङ्गीमामा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ ।
मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले ‘कमला मिस’लाई उनको अनुभव र सिर्जनशीलताको नयाँ अध्यायको रूपमा हेरिएको छ ।
एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस फिल्मले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण