देउवाको स्वास्थ्य र स्वदेश फिर्ताबारे संसदीय समितिमा चर्चा
सारांश
- विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य र उनको स्वदेश फिर्ताको विषयमा चर्चा भएको छ।
- सांसद महन्थ ठाकुरले देउवा लगायतका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेपछि सभापति कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
- सभापति पौडेलले देउवाको स्वास्थ्यमा प्रेसरमा ठुलो उतारचढाव देखिएको र डाक्टरको सल्लाहमा उपचारका लागि बाहिर गएको जानकारी दिए ।
काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य र उनको स्वदेश फिर्ताको विषयमा चर्चा भएको छ। समितिको बैठकमा सांसद महन्थ ठाकुरले देउवा लगायतका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेपछि सभापति कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
बैठकमा बोल्दै सांसद महन्थ ठाकुरले पछिल्लो राजनीतिक समीकरण र तीन दलको एकतालाई सकारात्मक रूपमा लिँदै देशबाहिर रहेका नेताहरू अब स्वदेश फर्कनुपर्ने बताए । विशेषगरी शेरबहादुर देउवा, आरजु राणा र विनोद चौधरीको नाम लिँदै ठाकुरले भने- ‘अब बाहिर बस्ने अवस्था छैन, आफ्नो देश र भूमिमा आउने समय आइहाल्यो। तपाईंहरू आउनुहोस्, हामी स्वागत गर्छौँ।’
ठाकुरले राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताका लागि हुनुपर्ने कुरामा जोड दिए । सांसद ठाकुरको आग्रहपछि समितिका सभापति कृष्णप्रसाद पौडेलले सभापति देउवाको पछिल्लो स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेका थिए । पौडेलले देउवा कुनै राजनीतिक कारणले नभई गम्भीर स्वास्थ्य समस्याका कारण उपचारका लागि बाहिर रहेको जानकारी दिए ।
‘माननीय शेरबहादुरजीको प्रेसरमा ठुलो उतारचढाव देखिएको छ,’ सभापति पौडेलले भने, ‘मैले आफैँ सम्पर्क गर्दा उनको प्रेसर घटेर ५१ सम्म पुगेको र तलमाथि भइरहेको थाहा पाएँ। डाक्टरले एक मिनेट पनि ढिला नगरी उपचार गर्न सल्लाह दिएपछि उनी गएका हुन् ।’
सभापति पौडेलले देउवाको भनाइ उद्धृत गर्दै उनी ‘खुला पुस्तक रहेको र स्वास्थ्यमा सुधार आउनासाथ नेपाल फर्किएर लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउन भूमिका खेल्ने बताए। देउवाले आफू नेपालमै बस्ने र बिरामीका कारण मात्र अहिले रोकिएको सन्देश पठाएको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ फिफा विश्वकप : चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण