सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

आइतबार, १० जेठ २०८३, १५ : ०९
आइतबार, १० जेठ २०८३

सारांश

  • प्रहरीले ललितपुरको भोलढोकाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा मकवानपुरका २५ वर्षीय विजय स्याङ्बो र मोरङकी २० वर्षीया नीता शिवा छन्।
  • उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम गाँजा बरामद गरिएको छ।

ललितपुर । ललितपुरको भोलढोकाबाट प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।  ललितपुर महानगरपालिका वडा नम्बर ८ भोलढोकामा लागुऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले लागू औषध कारोबार भइरहेको स्थानमा पुगेर सो कार्यमा संलग्न दुई जनालाई विभिन्न लागू औषधसहित पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ९ भोलढोका बस्ने २५ वर्षीय विजय स्याङ्बो र मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ९ गुईटोल बस्ने २० वर्षीया नीता शिवा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप