अमेरिकाले सम्भावित सम्झौताको सम्मान गर्ने कुनै ग्यारेन्टी छैन : इरान
सारांश
- अमेरिका र इरानबिच सम्झौताका लागि प्रयास भइरहेको छ, तर केही अप्ठ्यारा विषयमा सहमति हुन बाँकी छ ।
- इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकायीले अमेरिकाले सम्भावित सम्झौताप्रति आफ्ना प्रतिबद्धता पूरा गर्ने कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।
- बकाइले तेहरानले 'धम्कीको कुनै वास्ता नगर्ने' स्पष्ट पार्दै अमेरिकी-इजरायली आक्रमणका क्रममा इरानका महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाइएको आरोप लगाएका छन् ।
तेहरान । अमेरिका र इरानबिच सम्झौताका लागि अथक प्रयास भइरहेको छ । कयौँ विषयमा दुई पक्षबिच सहमति भएको भए पनि कयौँ अप्ठ्यारा विषयमा सहमति हुन बाँकी छ ।
यसैबिच इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकायीले अमेरिकाले सम्भावित सम्झौताप्रति आफ्ना प्रतिबद्धता पूरा गर्ने कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।
अल जजिराले छापेको समाचार अनुसार बकाइले तेहरानले ‘धम्कीको कुनै वास्ता नगर्ने’ पनि स्पष्ट पारेका छन् । पछिल्ला केही सातामा देखिएका परिवर्तनहरू पाकिस्तानलगायत अन्य देशहरूको मध्यस्थताका कारण सम्भव भएको उनले बताएका छन् ।
उनका अनुसार वार्तामा लेबनानमा जारी द्वन्द्व अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । आक्रमणकारीहरूले इरानी जनताको हितको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै अमेरिकी–इजरायली आक्रमणका क्रममा इस्पात उद्योग र औषधि उत्पादन केन्द्रजस्ता महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाइएको आरोप बकाइले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण