राजनीतिक दलहरू सच्चिनुपर्छ, नत्र डरलाग्दो परिस्थिति आउन सक्छ : पाठक
सारांश
- बागमती प्रदेशका निवर्तमान सभामुख भुवनकुमार पाठकले ३५ वर्षयता भएका राजनीतिक परिवर्तनले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको बताएका छन् ।
- उनले राजनीतिक दलहरू सच्चिन नसके मुलुकमा गम्भीर सङ्कट आउने चेतावनी दिए ।
- पाठकले जेठ २३ गते भएको युवाहरूको आन्दोलनलाई नेपालको इतिहासकै पहिलो अर्गानिक र डिजिटल रिभोल्युसनको संज्ञा दिए ।
हेटौँडा । बागमती प्रदेशका निवर्तमान सभामुख भुवनकुमार पाठकले मुलुकमा ३५ वर्षयता भएका राजनीतिक परिवर्तनले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको बताएका छन् । राजनीतिक नेतृत्वप्रति आलोचना गर्दै उनले राजनीतिक दलहरू बेलैमा नसच्चिए मुलुकमा गम्भीर सङ्कट आउने चेतावनी दिए ।
सोमबारबाट सुरु भएको बजेट अधिवेशनमा आफ्नो मन्तव्य राख्दै पाठकले २०४६ देखि हालसम्मका परिवर्तनहरू (प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र)ले पनि जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे । सोही विद्रोहका रूपमा भदौ २३ र २४ गतेको घटना भएको उनले बताए ।
गत जेठ २३ गते भएको युवाहरूको आन्दोलन (जेन्जी विद्रोह) लाई पाठकले नेपालको इतिहासकै पहिलो अर्गानिक र डिजिटल रिभोल्युसन को संज्ञा दिए । उक्त आन्दोलनमा कुनै विदेशी शक्तिको प्रभाव नरहेको उनको भनाइ छ ।
‘३५ वर्षको अवधिमा हामीले साँच्चिकै जनताको समस्या समाधान गर्यौँ ? युवा पलायन रोक्यौँ ?’ उनले प्रश्न गरे, ‘राजनीतिक दल र नेताहरूप्रति जनतामा चरम आक्रोश रहेको र माननीयहरू लोगो लगाएर बसमा हिँड्न समेत डराउने अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घामले मात्रै निको पार्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण