महिलाको घाँटीबाट सिक्री थुत्ने गिरोहका दुई सदस्य प्रहरीको फन्दामा
सारांश
- काठमाडौँमा महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने र बिक्री वितरण गर्ने दुई जना पक्राउ परेका छन्।
- गत वैशाख २४ गते चाबहिल र जेठ ९ गते बसुन्धरास्थित कल्कीनारायण मन्दिरमा महिलाको सिक्री लुटिएको थियो।
- पक्राउ पर्नेमा राम कुमार तामाङ र सुन खरिद बिक्रीमा संलग्न किशोर थापा छन्।
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सुन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न मितिमा भएका दुईवटा लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई लुटेको सुनको सिक्रीसहित पक्राउ गरिएको हो।
गत वैशाख २४ गते दिउँसो साढे १ बजेको समयमा काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल आकासे पुलमा एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको थियो। त्यसैगरी, जेठ ९ गते बिहान साढे ६ बजे काठमाडौँकै बसुन्धरास्थित कल्कीनारायण मन्दिरमा दर्शन गर्न आएकी अर्की एक महिलाको घाँटीबाट पनि सुनको सिक्री लुटिएको थियो।
यी दुवै घटनामा संलग्न संखुवासभाको सभापोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–बानियाँटार बस्ने ४६ वर्षीय राम कुमार तामाङलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले लुटेको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो।
यस्तै, तामाङले लुटेर ल्याएको सुन खरिद तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका–१ घर भएका ६३ वर्षीय किशोर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा जेठ ९ गते दिउँसो ३ बजेको समयमा काठमाडौँको चाबहिलबाट थापालाई बिक्री गरिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण