बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

किन गएनन् प्रचण्ड गणतन्त्र समारोहमा ?

शुक्रबार, १५ जेठ २०८३, ११ : ४४
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रुघाखोकी र ज्वरोका कारण अस्वस्थ भएका छन् ।
  • स्वास्थ्य समस्याका कारण प्रचण्ड गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी भएनन् ।
  • प्रचण्डलाई समारोहमा सहभागी हुन औपचारिक निम्तो पनि नपुगेको बताइएको छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । प्रचण्डलाई रुघाखोकी र जरो आएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार सोही कारण शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएनन् ।

‘हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आएकाले डाक्टरहरूको सुझाव अनुसार घरमै आराम गरिरहनुभएको छ’, आचार्यले भने । स्रोतका अनुसार प्रचण्डलाई उक्त समारोहमा उपस्थित हुनका लागि औपचारिक निम्तो समेत नपुगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप