प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले नियमावलीमा रहेका विवादास्पद बुँदा हटाउन माग गर्दै विरोध गर्ने
सारांश
- विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीमा रहेका विवादास्पद बुँदा हटाउन माग गर्दै विरोध गर्ने तयारी गरेका छन् ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूले नियमावलीलाई विशेष कानुनसरह मान्न नसकिने भन्दै उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
- कांग्रेस र एमालेले नियमावली निर्माण समितिमा पनि असहमति जनाएको र आजको बैठकमा पनि त्यो असहमति दर्ज गर्ने बताएका छन् ।
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा नियमावलीमा समेटिएका विवादास्पद बुँदा हटाउन माग गर्दै विरोध गर्ने तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दल नेकपा एमालेसहितका दलहरूले प्रतिनिधिसभा सञ्चालन नियमावलीलाई विशेष कानुनसरह मान्न नसकिने भन्दै त्यो व्यवस्था हटाउन माग गर्दै विरोध गर्ने भएका हुन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नियमावली मस्यौदा समितिमा नै कांग्रेससहित विपक्षी दलहरूले नियमावलीलाई विशेष कानुन बनाउने विषयलाई असहमति राखेको र आज पनि त्यो असहमति दर्ज गर्ने बताइन् ।
‘हामीले नियमावली निर्माण समितिमा पनि ३ वटा बुँदामा असहमति राखेका थियौँ,’ प्रमुख सचेतक थापाले रातोपाटीसँग भनिन्, ‘आजको बैठकमा पनि त्यो असहमति राख्ने तयारीमा छौँ ।’
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि नियमावलीका केही बुँदामा आफूहरूको असहमति रहेको बताए । दुई दलका प्रमुख सचेतक र सचेतकहरू बिहान सिंहदरबारमा भेटेर असहमतिलाई कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी गरेका थिए ।
‘नियमावलीका बारेमा हाम्रो अव्जेक्सन रहन्छ, जबरजस्ती गरे विरोध गर्छौै, बेल घेर्छौ,’ एमाले प्रमुख सचेतक ऐन महरले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण