आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तरजातीय विवाह गर्ने जोडीलाई गण्डकी सरकारले सुरक्षा दिने

मङ्गलबार, १९ जेठ २०८३, १७ : ००
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
  • सरकारले परिवार र समाजबाट अपहेलित बनेका अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई आवश्यक सुरक्षा, सहयोग र पुनःस्थापनाको व्यवस्था गर्नेछ ।
  • यसका साथै, दलित समुदायको अधिकार, सशक्तीकरण, शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका लागि विशेष प्राथमिकताका साथ कार्यक्रमहरू घोषणा गरिएको छ ।

पोखरा । गण्डकी प्रदेश सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै परिवार र समाजबाट अपहेलित बनेका जोडीहरूलाई आवश्यक सुरक्षा, सहयोग र पुनःस्थापनाको व्यवस्था गर्ने जनाएको छ । 

सरकारले दलित समुदायको अधिकार तथा सशक्तीकरणका लागि विशेष प्राथमिकताका साथ कार्यक्रमहरू घोषणा गरेको छ । सामाजिक न्याय र समानताको नीतिलाई आत्मसात गर्दै राज्यले दलित समुदायको शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका लागि लक्षित कार्यक्रम ल्याउने प्रदेश प्रमुख डिल्लीराज भट्टले जनाए । 

यस्तै, दलित समुदायको परम्परागत ज्ञान, सीप, कला, पेसा र व्यवसायलाई आधुनिक र यान्त्रिकीकरण गरिने सरकारले जनाएको छ । दलित समुदायको शिक्षा र आर्थिक विकासमा जोड दिँदै समाजमा जरा गाडेर बसेको जातीय विभेद तथा छुवाछूत प्रथाको अन्त्य गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्ने भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप