गण्डकीका युवालाई योग्यता अनुसार काम, कामअनुसारको दाम
पोखरा । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि निर्माण भएको गण्डकी प्रदेशको नीति तथा कार्यक्रमले युवाका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
खासगरी युवाहरूको योग्यता, सोही अनुसारको काम र काम अनुसार कमाइ हुने विषयलाई सरकारले प्राथमिकता दिएको हो ।
‘युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम कमाउन सक्षम बनाइने छ,’ प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले विकासमा युवा अवधारणा अघि सारेको छ । यसका लागि प्रदेश युवा नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए ।
विकास तथा नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्न प्रदेश नमुना युवा संसद् तथा युवा मैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गर्ने उनले बताए । विकास अभियानमार्फत युवामा सकारात्मक सोच, नेतृत्व विकास, उद्यमशीलता, सीप तथा क्षमता विकास गर्ने सरकारले जनाएको छ ।
यस्तै, युवा क्लब, स्काउट तथा युवा लक्षित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने भट्टले बताए । युवा लक्षित डिजिटल साक्षरता, मनोपरामर्श तथा सूचना प्रविधिमा आधारित क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको घोषणा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण