तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य तीव्र
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।
एक सय ४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।
प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि सुरुङलगायत अन्य संरचनाको निर्माण सम्पन्न भएको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण