शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव

शुक्रबार, २२ जेठ २०८३, १२ : ४८
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन निर्वाचन आयोगले संविधान संशोधनको सुझाव दिएको छ ।
  • प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको कार्यदललाई आयोगले यस्तो सुझाव पेश गरेको हो ।
  • आयोगले जिल्ला समन्वय समितिको व्यवस्था हटाउन र वडा सदस्य संख्या घटाउन पनि सुझाव दिएको छ ।

काठमाडौं । निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुुझाव दिएको छ । 

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो । आयोगको २१ बुँदे सुझावको १३ नम्बर बुँदामा स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैरदलीय हुनेगरी व्यवस्था गर्न सुझाव दिएको हो ।

त्यस्तै आयोगले आफ्नो सुझावमा जिल्ला समन्वय समितिको व्यवस्था हटाउनुपर्ने, गाउँपालिका/ नगरपालिकाका वडासदस्यको संख्या घटाउनुपर्ने,वडामा अध्यक्ष र दुई वडासदस्य रहने व्यवस्था राख्नुपर्ने लगायतका सुझाव दिएको छ । संविधानमा हाल वडाअध्यक्ष र चारजना वडा सदस्य रहने प्रावधान छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप