राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
सारांश
- राष्ट्रिय पशुपन्छी अधिकार दिवसको अवसरमा काठमाडौंको स्वयम्भूस्थित धर्मचक्र पार्कमा विभिन्न पशु अधिकारकर्मी, पूर्ण शाकाहारी समुदाय तथा करुणामय नागरिकहरूको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा जनावरमाथि हुने क्रूरता र हिंसाविरुद्ध आवाज उठाउँदै मानवेतर प्राणीहरूको सम्मान, संरक्षण र कानुनी अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो।
- यो दिवसको छैटौँ संस्करण हो र यस वर्ष ५० भन्दा बढी देशका ९४ भन्दा बढी शहरहरूमा आयोजना गरिएको छ।
काठमाडौं । राष्ट्रिय पशुपन्छी अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंको स्वयम्भूस्थित धर्मचक्र पार्क (भगवान पाउ पार्क) मा विभिन्न पशु अधिकारकर्मी, पूर्ण शाकाहारी (भिगन) समुदाय तथा करुणामय नागरिकहरूको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भएको छ।
एनिमल सेभ नेपाल तथा जनावरप्रेमीहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रद्धाञ्जली सभा तथा अन्तरक्रियात्मक कार्यक्रममार्फत पशुपन्छी अधिकारका विषयमा जनचेतना फैलाउने प्रयास गरिएको थियो। सहभागीहरूले जनावरमाथि हुने क्रूरता र हिंसाविरुद्ध आवाज उठाउँदै मानवेतर प्राणीहरूको सम्मान, संरक्षण र कानुनी अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।
कार्यक्रममा मानवद्वारा मारिएका पशुपन्छीहरूको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो। सहभागीहरूले दीप प्रज्वलन, फूल अर्पण तथा पीडित जनावरहरूको कथावाचनमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, क्रूरतामुक्त तथा भिगन जीवनशैलीबारे जानकारीमूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
आयोजकका अनुसार राष्ट्रिय पशुपन्छी अधिकार दिवसको यो छैटौँ संस्करण हो। आयोजक दिपेश श्रेष्ठले निर्दोष प्राणीहरूप्रति सम्मान र करुणाको भावना विकास गर्न तथा क्रूरतामुक्त जीवनशैलीको प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
विश्वभर वार्षिक रूपमा मनाइने राष्ट्रिय पशुपन्छी अधिकार दिवस यस वर्ष ५० भन्दा बढी देशका ९४ भन्दा बढी शहरहरूमा आयोजना गरिएको आयोजकले जनाएको छ। दिवसको उद्देश्य पशु अधिकारबारे जनचेतना अभिवृद्धि गर्नु, पशु शोषणको अन्त्यका लागि आवाज उठाउनु तथा करुणामय जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको छ।
_VZaiONyDty.jpg)
_2cV8CvEsYU.jpg)
_cpZUK1DGqM.jpg)
_5Tlzvs5Sgd.jpg)
_KSCgOXT165.jpg)
_bE3O1oqBXf.jpg)
_cUT8jUvXBH.jpg)
_Q1ukmuqX9L.jpg)
_yqgfuxCCb8.jpg)
_2QZqhymLZ5.jpg)
_E3KhgBnlUr.jpg)
_ly0iYpx0sc.jpg)
_Dm5Rxy1lqH.jpg)
_8IJUbwRQzO.jpg)
_OMtPyywilC.jpg)
_e5B5Hss6ln.jpg)
_WTyIXbQTOr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण