सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
भारत । साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विकको नाकको हड्डीको शल्यक्रिया सम्पन्न भएको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा भएको सेमिफाइनल खेलमा दुई नेपाली खेलाडी ठोक्किँदा विमलाको नाकको हड्डी भाँच्चिएको थियो । सेमिफाइनलमा विमला र नेपालकै अर्की खेलाडी समीक्षा घिमिरे एकापसमा ठोक्किन पुगेका थिए ।
उनको आज गोवास्थित मणिपाल अस्पतालमा शल्यक्रिया गरिएको एन्फा प्रवक्ता तथा टोलीका व्यवस्थापक सुरेश शाहले बताए । उनले उपचारका लागि करिब थप एक साता गोवामै बस्नुपर्ने बताए ।
साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलअन्तरले पारजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाल १० वर्षपछि सेमिफाइनलमा पुग्नबाट वञ्चित बनेको हो । त्यसअघि सन् २०१६ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण