सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समय स्थगित गरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन्।
- उनले संसदीय अधिवेशन लामो समय स्थगित गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै प्रतिपक्षी दलका आवाज र सत्ता पक्षका सांसदहरूको संशोधन प्रस्तावलाई समेत बेवास्ता गरिएको बताइन्।
- ओलीले संवादको पहल नहुनु र राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको भन्दै संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराइन्।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समय स्थगित गरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छिन्– 'यदि सदनको गतिरोध अन्त्य गर्न संवादको वातावरण बनाउने, राजनीतिक सहमति खोज्ने र सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै थिएन भने संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य के थियो?'
ओलीले भनेकी छिन्– 'प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियामा प्रतिपक्षी दलका आवाज मात्र होइन, सत्तारूढ दलकै कयौँ सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरूलाई समेत बेवास्ता गरिएको भन्दै सदन अवरुद्ध भयो। त्यसपछि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्मायो। यि विषयमा प्रतिपक्षले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिहरूको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद र जबाफदेहिताको माग गर्दै आए, र सदन अवरुद्ध भयो ।'
'विगत पाँच दिनसम्म संवादको लागि कुनै आव्हान भएन। समाधान खोज्ने कुनै पहल भएन। बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर आशङ्का पैदा भएको छ। यसबिचमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहजीकरण गरिएको छ। नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि होइन, जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था हो। लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको रक्षा गर्न यस्ता विषयमा संघीय संसद् सचिवालयको गम्भीर ध्यान जान आवश्यक छ', ओलीले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण