सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा ‘काजी’ भन्दा ‘मितज्यू’ अगाडि

सोमबार, २५ जेठ २०८३, १४ : ५४
सोमबार, २५ जेठ २०८३

सारांश

  • फिल्म 'मितज्यू' ले दुई सातामा करिब डेढ करोड ग्रस कमाउन सफल भएको छ ।
  • यो अवधिमा 'मितज्यू' लाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।
  • सोही अवधिमा प्रदर्शनमा आएको फिल्म 'काजी' को कमाइ भने ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस रहेको छ ।

काठमाडौँ । फिल्म ‘मितज्यू’ले दुई सातामा करिब डेढ करोड कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातिसम्मको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस रहेको छ ।

यो अवधिमा फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् । जेठ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, टेरिया मगर लगायतको अभिनय छ ।

त्यस्तै, यही मितिमा प्रदर्शनमा आएको फिल्म ‘काजी’को कमाइ भने ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस रहेको छ । यो अवधिमा फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप