प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ।
- बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु गर्ने, अर्थमन्त्रीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
- प्रतिपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने अनिश्चित छ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।
अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
यद्यपि प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने निश्चित छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब राउटे बस्तीमा अनाधिकृत प्रवेश रोकिने, मदिरामा कडाइ
-
सपिङको लत घटाउन नक्कली अनलाइन स्टोरी
-
पहिलो हाफमै अमेरिकाको ३–० को फराकिलो अग्रतता
-
हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष
-
नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
-
के अमेरिकीहरूमा पनि विश्वकपको पारो चढ्ला त ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण