बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
सारांश
- काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
- बुधबार बिहान २ः५२ बजे लागेको आगो ११ वटा दमकल र पानी ट्याङ्करको सहयोगमा बिहान ५ः४५ बजे नियन्त्रणमा आएको हो ।
- आगलागीले गार्मेन्ट उद्योग पूर्ण रूपमा नष्ट हुनुका साथै छिमेकी पसल र घरहरूमा समेत क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
बुधबार बिहान करिब २ः५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो । मध्यराति लागेको आगोले हेर्दाहेर्दै उग्र रूप लिएपछि नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो ।
आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए । काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा अथक प्रयासपछि बिहान करिब ५स्४५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागीका कारण सिद्धबाबा युनिफर्म गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगो छिमेकी पसल र घरहरूमा समेत फैलिँदा थप क्षति पुगेको प्रहरीले जनाएको छ । उद्योगसँगै जोडिएका अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा आगोले ठुलो नोक्सानी पुर्याएको छ ।
यसका साथै स्थानीय लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासमा रहेका अन्य दुईवटा घरमा समेत आंशिक क्षति पुगेको छ । यस घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन । घटनाको सम्बन्धमा प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण