बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइएका आठ थान भरुवा बन्दुक बरामद

बुधबार, २७ जेठ २०८३, १२ : ५६
बुधबार, २७ जेठ २०८३

सारांश

  • म्याग्दीको रघुगङ्गा गाउँपालिकाको फेदीवन जङ्गलमा लुकाई राखेको अवस्थामा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
  • अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा इजाजत बिनाका बन्दुकहरू नियन्त्रणमा लिएको हो ।
  • म्याग्दी जिल्लामा प्रहरीले अवैध हतियार नियन्त्रण अभियान अन्तर्गत हालसम्म १५० थान भरुवा बन्दुक बरामद गरिसकेको छ ।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित जङ्गलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार आठ थान अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं. ७ मा पर्ने फेदिवनस्थित जङ्गलमा ईजाजत पत्र नभएका भरुवा बन्दुकहरू लुकाई–छिपाई राखेको अवस्थामा फेला परेका हुन् । जङ्गलमा शङ्कास्पद रूपमा हतियार राखिएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ती बन्दुकहरू रितपूर्वक नियन्त्रणमा लिएको हो । बरामद गरिएका सबै हतियारहरूलाई अहिले अस्थायी प्रहरी पोष्ट चिमखोलामा सुरक्षित राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार जिल्लाभित्र अवैध हतियार नियन्त्रण गर्ने प्रहरीको अभियान अन्तर्गत यो सफलता मिलेको हो । म्याग्दी जिल्लामा प्रहरीले अवैध हतियार ओसारपसार र भण्डारणविरुद्ध चलाएको सक्रियताका कारण हालसम्म बरामद गरिएका भरुवा बन्दुकहरूको कुल सङ्ख्या १५० थान पुगिसकेको छ ।

जङ्गलमा कसले र कुन प्रयोजनका लागि ती हतियारहरू लुकाएर राखेको थियो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप