रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
सारांश
- संसद्को गतिरोध अन्त्य गर्न सभामुख र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलमा सहमति जुट्न नसकेपछि यो छलफल सुरु भएको हो ।
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको लिखित जवाफ माग गर्दै विपक्षीहरूले संसद् अवरुद्ध गरेका छन् ।
काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल भइरहेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
‘अहिले हामी विपक्षी दल सभामुखसँगको छलफलमा छौँ’, महरले रातोपाटीसँग भने, ‘रास्वपा सभापतिसँगको छलफलमा सहमति जुट्न सकेन ।’
यसअघि गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबिच करिब २ घण्टा बढी छलफल भएको थियो । लामिछानेसँगको छलफलमा विपक्षी दलका नेताहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्तिको लिखित रूपमा परराष्ट्रमन्त्रीले जवाफ दिए संसद्को अवरोध हटाउन आफूहरू तयार रहेको बताएका थिए । तर, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीका तर्फबाट भन्दा पनि परराष्ट्रमन्त्रीले आफ्नै तरिकाले जवाफ दिने बताएका थिए ।
त्यसमा विपक्षीहरू सहमत हुन सकेका छैनन् । जसका कारण आज ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी २ सम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । २ बजेको बैठक पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालसम्मकै सर्वाधिक रेटिङ प्राप्त गर्दै ऐरी उक्लिए चौथो स्थानमा
-
इयु प्रतिबन्धबारे चीनको चेतावनी
-
कश्मीरमा हेलिकप्टर दुर्घटना
-
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण