बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई

बुधबार, २७ जेठ २०८३, १५ : २३
बुधबार, २७ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् ।
  • उनले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्ने बताए ।
  • राईले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको बताए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमनत्रीले दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले गरेको गल्ती उनैले सच्याउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन । उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ,’ सांसद राईले भने । 

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने कि नहुने प्रश्न अहिलेको रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप