अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
सारांश
- अमेरिकी आक्रमणपछि इरानले दुई देशबीचको सम्भावित वार्ताबारे पुनरावलोकन गरिरहेको जनाएको छ ।
- इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले विरोधाभासी सन्देश, अडानमा परिवर्तन र युद्धविराम उल्लङ्घनले वार्ताको वातावरण कमजोर पारेको आरोप लगाएका छन् ।
- यस घटनाक्रमले पश्चिम एसियामा थप अस्थिरता उत्पन्न हुने चिन्ता बढेको छ ।
तेहरान । अमेरिकाद्वारा गरिएको पछिल्लो सैन्य आक्रमणपछि दुई देशबिचको सम्भावित वार्ताबारे इरानले पुनरावलोकन गरिरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी आक्रमणको पृष्ठभूमिमा तेहरानले वार्ताको अवस्थालाई पुनः समीक्षा गरिरहेको बताएका हुन् । अमेरिका र इजरायलमाथि उनले बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप समेत लगाए ।
बघाईका अनुसार कूटनीतिक वार्ता प्रभावकारी हुन न्यूनतम विश्वास र अनुकूल वातावरण आवश्यक हुन्छ । तर अमेरिकाले विरोधाभासी सन्देश, आफ्नो अडान तथा मागहरूमा बारम्बार परिवर्तन र युद्धविराम उल्लङ्घनमार्फत यस्तो वातावरण कमजोर बनाइरहेको उनको आरोप छ ।
लेबनानमाथि पटक–पटक आक्रमण गरेर इजरायलले पनि सद्भावनाको अभाव देखाएको दाबी उनले गरे । पछिल्लो घटनाक्रममा अमेरिकाले आफ्ना एक सैन्य हेलिकप्टर खसालिएको घटनाको जवाफ स्वरूप इरानविरुद्ध सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी सेनाले आफ्नो आक्रमण सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको छ ।
यसको प्रतिउत्तरमा इरानले क्षेत्रीय अमेरिकी लक्ष्यहरूलाई निशाना बनाएर जवाफी आक्रमण गरेको जनाएको छ । दुवै पक्षबिचको सैन्य तनाव बढ्दै जाँदा पश्चिम एसियामा थप अस्थिरता उत्पन्न हुने चिन्ता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
-
टिपर दुर्घटनामा एक जनाको मृत्यु
-
रुसका सैन्य केन्द्रमा युक्रेनी हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण