५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
सारांश
- सुदूरपश्चिम प्रदेश सभामा हालसम्म ३३ जना मन्त्री भइसकेका छन्, जसमा नेपाली कांग्रेसका १३ जना र नेकपा एमालेका ६ जना सांसद मन्त्री भएका छन् ।
- स्पष्ट बहुमत नभएकाले सुदूरपश्चिम प्रदेश सभामा बारम्बार सरकार परिवर्तन भइरहेको छ, जसले गर्दा मन्त्री बन्ने अवसर धेरैले पाएका छन् ।
- प्रदेश सभा ५३ सदस्यीयबाट घटेर ५२ सदस्यीय भएको छ, जसमा हाल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा स्पष्ट बहुमत कुनै पनि दलको छैन, त्यसैले यहाँ बेलाबेलामा सरकार गठन भइरहने गरेको छ ।
प्रदेश सरकारको दोस्रो कार्याकाल चलिरहँदा हालसम्म तीन पटक मुख्यमन्त्री फेरिएका छन् भने ३३ जना त मन्त्री नै भइसकेका छन् । प्रदेश ५३ बाट घटेर हाल प्रदेश सभा ५२ सदस्यीय छ । डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सासंद डाक्टर ताराप्रसाद जोशी भने राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री दीर्घ सोडारी हाल निलम्बनमा छन् । प्रदेश सभामा अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । सरकारको नेतृत्व नेपाली कांग्रेसका कमल बहादुर शाहले गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा उपस्थिति जनाएका राप्रपाबाहेक सबै दल सरकारमा सहभागी भइसके ।
हाल प्रदेश सभामा २९ जना सांसद रहेको एमाले कांग्रेसको यो गठबन्धनका १७ जनाले त मन्त्री नै हुने अवसर पाइरहेका छन् । सोडारी मुख्यमन्त्री हुँदा यो समूहबाट मन्त्री बन्नेको संख्या धेरै थियो । खगराज भट्ट, अक्कलबहादुर रावल, ओमविक्रम भाट, कैलाश चौधरी, खुशीराम डगौरा, घनश्याम चौधरी, रमेशसिंह धामी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरीजस्ता नेताहरूले मन्त्रालय सम्हाल्ने मौका पाएका थिए ।
यसैगरी लक्ष्मी विक, माया पन्त, नरेशकुमार शाही, झपटबहादुर साउँद र टीका थापा पनि मन्त्री बने । इन्दिरा गिरी र गीतादेवी मालले राज्यमन्त्रीको जिम्मेवारी पाए । भीमबहादुर भण्डारी सभामुख छन् भने प्रकाश रावल, शिवसिंह ओली, जानकीदेवी कुँवर र मानबहादुर धामीले अहिलेसम्म यस कार्यकालमा मन्त्री पद पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ जना सासंद छन् । ती मधये मुख्यमन्त्री कमलबहादुर शाहसहित १३ जनाले मन्त्रीको भइसकेका छन् । कांग्रेसबाट मन्त्री हुनेहरूमा बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा, मेघराज खड्का, शिवराज भट्ट, विक्रमसिंह धामी, मानबहादुर रावल र बेलबहादुर राना मगर छन् ।
यस्तै राज्यमन्त्री बन्नेहरूमा प्रकाशबहादुर बम, सरस्वती खड्का, मधुदेवी भारती र जुनाकुमारी दानी रहेका छन् । मन्त्री रहेकै बेला सवारी दुर्घटनामा बझाङका पृथ्वीबहादुर सिंहले ज्यान गुमाएका थिए । कांग्रेसबाट मन्त्री बन्न बाँकी ६ जनामा दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीता चौधरी, ललिता सुनार, तुलसी देवकोटा र डम्मरी महरा रहेका छन् ।
हालसम्म सुदूरपश्चिमको सरकारमा एमालेबाट ११ सांसद रहेकामा ६ जनाले मन्त्री पद पाएका छन् । हाल सुरेन्द्रबहादुर पाल, हिरासिंह सार्की र बिरबहादुर थापा मन्त्री छन् भने निर्मलादेवी साउँद राज्यमन्त्री छिन् ।
सन्तोषकुमारी शर्मा थापाले एक महिना बिनाविभागीय मन्त्रीका रूपमा काम गरेकी थिइन् । एमालेबाट कोइलीदेवी चौधरी उपसभामुख छिन् । धर्मराज पाठक, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बम भने अहिलेसम्म मन्त्रीको सूचीमा अटाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
-
आर्टेमिस–३ मिसनका लागि चालक दल घोषणा
-
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण