संसद् बैठक
ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो
बिहीबार, २८ जेठ २०८३, ११ : ४६
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाइएको भन्दै सामाजिक सञ्जालमा फैलिएको फर्जी पोस्टरबारे प्रतिनिधिसभामा कुरा उठेको छ।
- एमाले सांसद यशोदा बरालले ओलीलाई रास्वपा सदस्य बनाइएको नक्कली पोस्टर भाइरल भएको बताइन्।
- सांसद बरालले त्यस्ता नक्कली पोस्टर बनाउनेलाई कारबाहीको माग गरेकी छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बनाएर सामाजिक सञ्जालमा छरपस्ट बनाइएको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।
एमाले सांसद यशोदा बरालले नेकपा एमालेका अध्यक्षलाई रास्वपाको सदस्य बनाइएको फर्जी पोस्टर सामाजिक सञ्जालमा भाइरल रहेको बताइन् ।
उनले त्यस्तो नक्कली पोस्टर बनाएर भाइरल बनाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ वर्षपछि विश्वकपको उद्घाटन खेलमा फेरि भिड्दै मेक्सिको र दक्षिण अफ्रिका
-
बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना
-
मोबाइलमा फोटो देखाएर यौन धन्दा, बिचौलियाले प्रयोग गर्थे ट्याक्सी र निजी कार
-
प्रधानमन्त्रीले आम मतदाता र जनमतको हुर्मत लिए : महर
-
स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द गरिएको इरानको घोषणा
-
सप्तरीको भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण