गृह मन्त्रालयमा बजेट अभाव, थप्न पहल गरिदिन गृहमन्त्रीको आग्रह
बिहीबार, २८ जेठ २०८३, १२ : ११
सारांश
- गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै बजेट थप्नका लागि संसद्मा पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन् ।
- राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए ।
- मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा सुरक्षा र जनहितका कामहरू सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै बजेट थप्नका लागि संसद्मा पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार गृहमन्त्री गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न नसकेको बताए ।
मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा सुरक्षा र जनहितका कामहरू सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङले बताए । ‘अहिले हामीसँग बजेट छैन, हजुरहरूले संसद्मा एक पटक पहल गरिदिनुभयो भने बजेट थपिन्थ्यो कि भन्ने आशा छ,’ मन्त्री गुरुङले भने- ‘हजुरहरूको आवाजको वेट हुन्छ, मन्त्री आफैँ पीडित छ, मन्त्रालयलाई न्याय दिनुपर्यो भनेर बोलिदिनुस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
-
मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
-
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
-
अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
-
दक्षिण अफ्रिकाका मिडफिल्ड जादुगर टेबोहो मोकोएना
-
भारतीय गोदाममै थन्कियो नेपाली चिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण