बजेटमाथिको छलफल
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
बिहीबार, २८ जेठ २०८३, १३ : ०८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएकोमा आपत्ति जनाएका छन् ।
- उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार मानेकाले राज्यले यसमा कर लगाउन नमिल्ने बताएका छन् ।
- सांसद सिंहले संविधानको हस्ताक्षरकर्ताको हैसियतमा मौलिक अधिकारमा कर लगाउने विषयमा प्रश्न उठाएका छन् ।
काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् ।
‘म संविधानको हस्ताक्षर गरेको माननीय हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
-
सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
-
माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
-
सधैँ थकान र कमजोरी महसुस हुन्छ ?
-
उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक
-
‘एआईले स्वर त निकाल्ला तर गायक-गायिकाको मुटुबाट निस्कने फिल दिन सक्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण