बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

सधैँ थकान र कमजोरी महसुस हुन्छ ?

बिहीबार, २८ जेठ २०८३, १७ : १२
बिहीबार, २८ जेठ २०८३

काठमाडौँ । रातभरि सुतेर बिहान उठ्नेबित्तिकै तपाईं थकान महसुस हुन्छ ? भिटामिन चक्की खाएपछि पनि थकित हुनुहुन्छ ? तपाईंको अवस्थामा सुधार भइरहेको छैन ?

यी सबै कुरा भइरहेको छ भने तपाईंले निश्चित रूपमा केही परीक्षणहरू गराउनैपर्छ । निरन्तर थकान केवल पोषक तत्त्वको कमीको कारण मात्रै नभएको डाक्टरहरू भन्छन् । यो अझ गम्भीर समस्याको संकेत हुन सक्ने उनीहरू बताउँछन् ।

सीबीसी परीक्षण

शरीरमा रगतको कमी छ, संक्रमण छ वा कुनै क्रोनिक रोग छ भने यी सबै रगतको कम्प्लिट ब्लड काउन्ट अर्थात् सीबीसी परीक्षणबाट पत्ता लाग्छ ।

थाइराइड प्रोफाइल

थाइराइड स्लो भएको छ भने तपाईंको शरीर पनि सुस्त हुन थाल्छ । यस्तो अवस्थामा, डाक्टरहरूले तपाईंको थाइराइड परीक्षण गराउन सिफारिस गर्छन् ।

भिटामिन डी परीक्षण

तपाईंमा भिटामिन डीको कमी छ भने, यसले निरन्तर थकान र शरीर दुखाइ पनि निम्त्याउन सक्छ ।

भिटामिन बी १२ को कमी

भिटामिन बी १२ को कमीले थकान, चक्कर लाग्ने, मुड स्विङ र हात र खुट्टामा झमझमाउने जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।

मधुमेह हुनु अघिको संकेत

बारम्बार थकाइ लाग्नु वा थकित महसुस भइरहनु मधुमेह लाग्नु भन्दा अगाडि प्रारम्भिक संकेत हो । यदि तपाईंलाई ज्दब्ज्ञअ बढेको छ वा मधुमेह सम्बन्धी समस्या छ भने, आफ्नो ज्दब्ज्ञअ र रगतमा चिनीको मात्रा परीक्षण गराउनुस् । 

यी कुराहरूको विशेष ख्याल राख्नुहोस् र थकानसँग लड्न पर्याप्त निदाउनुहोस्, प्रशस्त पानी पिउनुहास् अनि आफ्नो आहारमा सुधार गर्नुहोस् । 

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप