बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक

बिहीबार, २८ जेठ २०८३, १७ : ०७
बिहीबार, २८ जेठ २०८३

सारांश

  • उमेर बढ्दै जाँदा अनुहारमा चाउरी देखिन थाल्छ, तर ४५ वर्ष नपुग्दै बुढ्यौलीको संकेत देखिएमा गलत खानपान प्रमुख कारण हुन सक्छ ।
  • सही पोषणयुक्त आहारले छालालाई भित्रबाट स्वस्थ राखेर प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ ।
  • बेरिज, काक्रो, अनार र बदाम जस्ता खानेकुराहरू नियमित सेवन गर्दा छालाको स्वास्थ्य सुधारिनुका साथै अनुहार उज्यालो र हाइड्रेटेट रहन्छ ।

काठमाडौँ । उमेर बढ्दै जाँदा अनुहारमा यसको असर देखिन थाल्छ । तर धेरैजसो मानिसमा ५० वर्षपछि मात्र चाउरी स्पष्ट देखिन्छन् । तपाईंको अनुहारमा ४५ वर्षभन्दा अगाडि नै बुढ्यौलीको संकेत देखिन थालेको छ भने यसको एउटा प्रमुख कारण गलत खानपान पनि हुन सक्छ ।

सही पोषणयुक्त आहारले छालालाई भित्रबाटै स्वस्थ राख्न मद्दत गर्छ, जसले प्राकृतिक चमक कायम राख्छ । विशेषज्ञहरूका अनुसार केही खानेकुराहरू नियमित रूपमा सेवन गर्दा छालाको स्वास्थ्य सुधारिन सक्छ । अनुहार उज्यालो देखिन थाल्छ र हाइड्रेटेट पनि रहन्छ ।

बेरिजः

तपाईंले आफ्नो आहारमा समावेश गर्नै पर्ने फल हो बेरिज । तपाईंले दिनँहु रुपमा ब्लुबेरी, स्ट्रबेरी, सुन्तला र अम्बा अत्यन्त लाभदायक खानु भयो भने यी फलहरूमा पाइने एन्टिअक्सिडेन्ट र पोषक तत्वहरूले शरीरमा कोलेजन उत्पादनलाई बढाउन मद्दत गर्छन् । जसले छालालाई टाइट र चम्किलो बनाउँछ । नियमित सेवनले झुर्रीहरू कम गर्न पनि सहयोग गर्छ ।

काक्रोः

काक्रो पनि छालाको लागि निकै उपयोगी मानिन्छ । यसले छालाको ग्लो कायम राख्न मद्दत गर्छ । काक्रोलाई सकेसम्म नताछीकन खानु पर्छ । यसमो पाइनले एन्टिअक्सिडेन्टले छालालाई भित्रैबाट सुधार्ने काम गर्छ । साथै यसले फ्रि र्याडिकल्ससँग लडेर छालालाई भित्रबाट सुधार गर्छ । यसलाई सलाद, जुस वा तरकारीको रूपमा नियमित खान सकिन्छ ।

अनारः

अनारलाई पनि छालाको चमक बढाउने उत्कृष्ट फल मानिन्छ । यसमा पाइने शक्तिशाली एन्टिअक्सिडेन्ट र ट्यानिन्सले छालाको निखार कायम राख्न मद्दत गर्छन् । अनारले रगतको गुणस्तर सुधार्न सहयोग गर्ने भएकाले अनुहारको प्राकृतिक चमकमा सुधार देखिन थाल्छ ।

बदामः

तपाईंले बदामलाई आफ्नो आहारको हिस्सा बनाउन सक्नु हुन्छ । यो पनि छालाको लागि अत्यन्त लाभदायक हुन्छ । यसमा भिटामिन ई, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यी तत्वहरूले छालालाई क्षति हुनबाट जोगाउँछन र छालालाई स्वस्थ तथा चम्किलो राख्न मद्दत गर्छन् ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप