ओमानबाट इरान जाँदै गरेको जहाजमा अमेरिकी सेनाको प्रहार
सारांश
- इरानी सरकारी सञ्चारमाध्यमले ओमानबाट इरान जाँदै गरेको कार्गो जहाजमा अमेरिकी मिसाइल प्रहार भएको दाबी गरेको छ ।
- जहाजमा ५ जना चालक दल सदस्य रहेका र उनीहरूलाई उद्धार गरी ओमानतर्फ सारिएको छ ।
- यो घटना अमेरिका र इरानबीच जारी सैन्य तनावको दोस्रो रात भएको बताइएको छ ।
तेहरान । ओमानबाट इरानतर्फ जाँदै गरेको एउटा कार्गो जहाजमाथि अमेरिकी मिसाइल/प्रोजेक्टाइल प्रहार भएको दाबी इरानी सरकारी सञ्चारमाध्यमले गरेको छ । इरानको सरकारी टेलिभिजन आईआरआईबीका अनुसार उक्त जहाज ओमानको खासाब शहरबाट इरानको सिरिकतर्फ आवश्यक वस्तु बोकेर जाँदै थियो ।
जहाज खासाबबाट करिब ५ नटिकल माइल टाढा हुँदा शत्रुको मिसाइल लागेर क्षति पुगेको सिरिकका गभर्नर रेजा शाहिदियनलाई उद्धृत गर्दै आईआरआईबीले जनाएको छ । जहाज १५० टन क्षमता भएको र त्यसमा ५ जना चालक दल रहेका बताइएको छ ।
रिपोर्टअनुसार जहाजमा रहेका सबै चालक दल सदस्यलाई नजिकैबाट गुज्रिरहेका अन्य जहाजहरूको सहयोगमा उद्धार गरिएको छ र उनीहरूलाई ओमानतर्फ सारिएको छ ।
आईआरआईबी र अन्य इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरहरूमा जहाज आंशिक रूपमा समुद्रमा डुबेको देखिएको छ । यो घटना अमेरिका र इरानबिच जारी सैन्य तनावको दोस्रो रात भएको बताइएको छ ।
यसअघि अमेरिकी सेनाले इरानभित्र रहेका निगरानी, सञ्चार र हवाई रक्षा प्रणालीलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको थियो । कुनै सम्झौता नभए थप आक्रमण हुनसक्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एआईले स्वर त निकाल्ला तर गायक-गायिकाको मुटुबाट निस्कने फिल दिन सक्दैन’
-
इरान युद्धले महँगी बढारहँदा ट्रम्पले भने – मलाई मुद्रास्फीति मन पर्छ
-
सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले
-
अब सबै मन्त्रालयमा एक/एक जना सचिव, ५ सचिव जगेडामा
-
विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण