फिफा विश्वकप २०२६
चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित
शुक्रबार, २९ जेठ २०८३, ०९ : ४३
सारांश
- दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को छनोट खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको छ ।
- चेक रिपब्लिकले अग्रता लिए पनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो ।
- दक्षिण कोरियाका लागि इन-बेओम ह्वाङ र ओ ह्योन-ग्यूले गोल गरे ।
लस एन्जलस । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ए को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध पुनरागमन जित हात पारेको छ ।
नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ गोल अन्तरले विजयी बनेको हो ।
खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि लाडिस्लाभ क्रेज्कीले दोस्रो हाफको ५९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, यो अग्रता लामो समय टिक्न सकेन । ६७ औँ मिनेटमा इन–बेओम ह्वाङले गोल गर्दै खेल बराबरीमा ल्याए । ८० औँ मिनेटमा ओ ह्योन–ग्यूले अर्को गोल थप्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरे ।
समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण