डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
सारांश
- गिगा ईआरपीले शैक्षिक संस्थाका सम्पूर्ण गतिविधिहरूलाई एउटै डिजिटल संरचनामा जोडेर व्यवस्थापनमा सहयोग पुर्याउँछ।
- यस सफ्टवेयरले विद्यार्थी भर्नादेखि परीक्षा, शुल्क, लेखा, मानव संसाधन र अभिभावक सञ्चारसम्मलाई एउटै प्लेटफर्ममा ल्याएको छ।
- गिगा ईआरपीमा एआईको प्रयोगले तथ्याङ्क विश्लेषण गरी व्यवस्थापनलाई उपयोगी अन्तर्दृष्टि प्रदान गर्दछ।
काठमाडौँ । कुनै समय विद्यालय र कलेजहरूमा हाजिरी, शुल्क वा परीक्षा नतिजा कम्प्युटरमा राख्न सक्नुलाई नै ठुलो डिजिटल उपलब्धि मानिन्थ्यो।
तर आज अधिकांश शैक्षिक संस्थासँग डेटा भए पनि त्यसलाई सही निर्णय प्रक्रियामा प्रयोग गर्न नसक्नु मुख्य चुनौती बनेको छ।
यही समस्याको समाधान गर्दै गिगा इन्फोसफ्टले नेपालमै विकास गरेको ‘गिगा ईआरपी’ सफ्टवेयरले शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। यसले आफूलाई केवल व्यवस्थापन सफ्टवेयरमा सीमित नराखी संस्थाका सम्पूर्ण गतिविधिलाई एउटै डिजिटल संरचनामा जोड्ने काम गरिरहेको छ।
धेरैजसो शैक्षिक संस्थाहरूमा परीक्षा, शुल्क, लेखा र कर्मचारी प्रशासनका लागि फरक–फरक प्रणाली प्रयोग हुँदा तथ्याङ्क भएर पनि सही जानकारी पाउन मुस्किल हुन्थ्यो। गिगा ईआरपीले विद्यार्थी भर्नादेखि परीक्षा, शुल्क सङ्कलन, लेखा प्रणाली, मानव संसाधन, पेरोल र अभिभावकसँगको सञ्चारलाई एउटै प्लेटफर्ममा जोडेर यो अवस्थाको अन्त्य गरिदिएको छ। अब कुन कक्षाको हाजिरी कमजोर छ वा कुन विषयमा विद्यार्थीको प्रदर्शन घटिरहेको छ भन्ने कुरा थाहा पाउन फरक–फरक रिपोर्ट मिलाइरहनु पर्दैन।
गिगा ईआरपीको पछिल्लो विकासक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सबैभन्दा चर्चामा छ। यसको उद्देश्य उपलब्ध तथ्याङ्कलाई विश्लेषण गरेर व्यवस्थापनलाई उपयोगी अन्तर्दृष्टि दिनु हो। कम्पनीले यसमा एआई एनालिटिक्स, स्मार्ट इन्साइट्स, भ्वाइस–असिस्टेड डेटा इन्ट्री र प्रेडिक्टिभ एनालिटिक्स जस्ता सुविधाहरूलाई प्राथमिकताका साथ विकास गरिरहेको छ।
गिगा इन्फोसफ्टका प्रमुख कार्यकारी अधिकृत केशव गौतम भन्छन्, ‘शिक्षा क्षेत्रमा समस्या डेटा अभावको होइन, डेटा उपयोगको हो। संस्थाहरूले वर्षौंदेखि ठूलो परिमाणमा तथ्याङ्क सङ्कलन गरिरहेका छन्। चुनौती भनेको त्यसलाई निर्णययोग्य जानकारीमा रूपान्तरण गर्नु हो। हामी गिगा ईआरपीलाई त्यही दिशामा विकास गरिरहेका छौँ।’ उनका अनुसार ईआरपीको अर्को चरण स्वचालन मात्र नभएर इन्टेलिजेन्स पनि हो।
हाल नेपालभरका युनिग्लोब कलेज, नेपाल इन्जिनियरिङ्ग कलेज, काठमाण्डौ वर्ल्ड स्कुल, एलआरआई स्कुलसहित ३०० भन्दा बढी प्रतिष्ठित विद्यालय तथा कलेजहरूले यसको प्रयोग गरिरहेका छन्। शैक्षिक संस्थाहरू अब केवल सामान्य सफ्टवेयरको सट्टा विभागहरूलाई जोड्ने, डेटा बुझ्ने र व्यवस्थापनलाई सही निर्णय लिन सहयोग गर्ने प्लेटफर्मको खोजीमा छन् र गिगा ईआरपीले त्यही आवश्यकतालाई पूरा गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
-
बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
चुनावले मधेसवादी दलहरूलाई ठुलो पाठ सिकाएको छ : डा. हरिवंश झा
-
प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : कामु कार्यकारी निर्देशक श्रेष्ठ
-
कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण