संसद् बैठक
बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति
शुक्रबार, २९ जेठ २०८३, ११ : २४
सारांश
- पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावटको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेका छन् ।
- उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्नु सामान्य नभएको र यसको सूक्ष्म अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।
- पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै आफू अर्थमन्त्री हुँदादेखि नै फाइल खोल्न चुनौती दिएका छन् ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावटको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले संसदीय छानबिन समितिको माग गरेका छन् । उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए ।
उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै फाइल खोल्न चुनौती दिए ।
‘पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो । खोलौँ मेरै पालादेखि नै खोलौँ,’ उनले भने । पुनले संसदीय छानबिन समिति तत्काल गठन गर्न माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली हतियार भारतविरुद्ध प्रयोग भइरहेका छन् : जयशङ्कर
-
सुनसरीको देवानगञ्जमा सबैभन्दा बढी बेरुजु, सोलुदुधकुण्ड बन्यो सुशासनको नमुना
-
हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको विरोध
-
ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ को अन्त्य गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ
-
आशिकाको प्रश्न– शौचालयका लागि गाडीबाट ओर्लेर झाडीतिर कहिलेसम्म दौडने ?
-
सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण