शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति

शुक्रबार, २९ जेठ २०८३, ११ : २४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावटको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेका छन् ।
  • उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्नु सामान्य नभएको र यसको सूक्ष्म अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।
  • पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै आफू अर्थमन्त्री हुँदादेखि नै फाइल खोल्न चुनौती दिएका छन् ।

काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावटको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले  संसदीय छानबिन समितिको माग गरेका छन् । उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए । 

उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै  फाइल खोल्न चुनौती दिए । 

 ‘पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो । खोलौँ मेरै पालादेखि नै खोलौँ,’ उनले भने ।  पुनले संसदीय छानबिन समिति तत्काल गठन गर्न माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप