शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने व्यवस्था गर्न माग

शुक्रबार, २९ जेठ २०८३, १२ : १६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले साइबर अपराधमार्फत् स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छिन् ।
  • उनले ह्वाट्सएप ह्याक गरेर आफन्त र साथीभाइसँग पैसा माग्ने र लिङ्क क्लिन गर्न लगाएर अनधिकृत पहुँच राखेर पैसा ठगी गर्नेमाथि कारबाही र पैसा फिर्ता गर्न माग गरेकी हुन् ।
  • सांसद न्यौपानेले यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई सबल बनाउन र वित्तीय साक्षरतामा ध्यान दिन समेत सरकारलाई आग्रह गरिन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले साइबर अपराधमार्फत् स्क्यामरले लुटेको पैसा फिर्ता गर्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छिन् । 

प्रतिनिधिसभाको आकस्मिक समयमा उनले ह्वाट्सएप ह्याक गरेर आफन्त र साथीभाइसँग पैसा माग्ने र लिङ्क क्लिन गर्न लगाएर अनधिकृत पहुँच राखेर पैसा ठगी गर्नेमाथि कारबाही र पैसा फिर्ता गर्न माग गरेकी हुन् । 

उनले यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई सबल बनाउन माग समेत गरिन् । उनले वित्तीय साक्षरताको अवस्था निकै कमजोर भएकोले यसमा ध्यान दिन समेत सरकारलाई आग्रह गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप