अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक सुरु
सारांश
- अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक आजदेखि सुरु भएको छ।
- बैठकमा अध्यक्ष विजयप्रकाश सापकोटाले प्रतिवेदन, वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण तथा पुनर्गठन, सदस्यता वितरण र नवीकरण, सङ्गठन विस्तार, राष्ट्रियता, शिक्षा, जनजीविका लगायतका समसामयिक विषयमा संगठनको भूमिकाबारे छलफल हुने एजेन्डा तय गरिएको छ।
- बैठकले संगठनको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी,सशक्त र परिणाममुखी बनाउने रणनीति तय गर्ने विश्वास गरिएको छ।
काठमाडौँ । अखिल (क्रान्तिकारी) को पाँचौँ पदाधिकारी बैठक आजदेखि सुरु भएको छ। संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यका साथ सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सङ्गठनात्मक अवस्था तथा आगामी कार्ययोजनामाथि व्यापक छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष विजयप्रकाश सापकोटाले प्रतिवेदन, वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण तथा पुनर्गठन, सदस्यता वितरण र नवीकरण, सङ्गठन विस्तार, राष्ट्रियता, शिक्षा, जनजीविका लगायतका समसामयिक विषयमा संगठनको भूमिकाबारे छलफल हुने एजेन्डा तय गरिएको छ। त्यसैगरी वैचारिक तथा राजनीतिक प्रशिक्षण,आगामी सङ्गठनात्मक गतिविधि, अभियान तथा विविध विषयमा समेत निर्णय लिने कार्यसूची रहेको जनाइएको छ।
बैठकले संगठनको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा विद्यार्थी आन्दोलनलाई थप प्रभावकारी,सशक्त र परिणाममुखी बनाउने रणनीति तय गर्ने विश्वास गरिएको छ। साथै बैठकबाट सङ्गठन विस्तार, नेतृत्व विकास तथा आन्दोलनका आगामी कार्यक्रमसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
-
वीर अस्पतालका करार कर्मचारी आन्दोलित, सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो
-
सपिङको नयाँ ठेगाना : काठमाडौँमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सुरु
-
मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
-
विकासको नाममा ऋण बढाउने होडबाजी रोकौँ, बरु योजनाका सङ्ख्या घटाऔँ : अध्यक्ष राई
-
वर्षा र पहिरोले कर्णाली करिडोर अवरुद्ध : सडक पुनर्निर्माणका लागि सांसद विश्वकर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण