स्वास्थ्य
वीर अस्पतालका करार कर्मचारी आन्दोलित, सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो
भोलिदेखि पेन डाउन
शुक्रबार, २९ जेठ २०८३, १५ : २०
सारांश
- वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै आन्दोलित भएका छन् ।
- करारका कर्मचारीहरूले श्रम शोषण भएको र विगतदेखि उपलब्ध हुँदै आएको सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो गरेका छन् ।
- करार कर्मचारी पृन्स पट्टेलले जोखिम भत्ता समेत नपाएको र निर्देशकको कार्यकक्षमा धर्ना दिएको बताएका छन् ।
काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विगतदेखि उपलब्ध गरिँदै आएको सेवा सुविधाबाट वञ्चित गराइएको उनीहरूकाे गुनासो छ ।
करार कर्मचारी पृन्स पट्टेलले जोखिम भत्ता समेत नपाएको बताए । पट्टेलले भने,'हामीले निर्देशकको कार्यकक्षमा धर्ना दिएका छौँ । अब भोलिदेखि पेन डाउन गर्छाैँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
-
काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण