खानेपानी इन्जिनियर कुटपिटमा संलग्न दुईजना पक्राउ
सारांश
- धादिङमा खानेपानी सब-इन्जिनियरमाथि आक्रमणमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन्।
- जेठ २७ गते धादिङ शाखाका सब-इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो।
- आक्रमणकारी सञ्जीव मल्ल र बल बहादुर मल्ल ठकुरीलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरी धादिङ पठाइएको छ।
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित धादिङ पौवामा खानेपानी सब–इन्जिनियरलाई कुटपिटमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जेठ २७ मा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन अन्तर्गतको धादिङ शाखामा सब–इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो ।
खानेपानी आयोजनाको साइट निरीक्षणका लागी पौवातर्फ जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न आरोपमा नीलकण्ठ नगरपालिका–४ घर भएका ४० वर्षीय सञ्जीव मल्ल र ५७ वर्षीय बल बहादुर मल्ल ठकुरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
आक्रमणपछि उनीहरू भागेर काठमाडौँ आएका थिए । उनीहरूलाई बिहीबार गोङ्गबुबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागी धादिङ पठाइएको एसएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण