धितोपत्र सम्बन्धी कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे फरार प्रतिवादी
सारांश
- धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई प्रतिवादी कायम गरिएको छ ।
- केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई फरार प्रतिवादी बनाएको हो ।
- पाण्डेले झुटा कारोबार गरी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई ९९ लाख हानी पुर्याएको निष्कर्ष छ ।
काठमाडौँ । व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भएको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ । अभियोगपत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० घर भएका पाण्डे पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् । ४८ वर्षीय निकोलस भट्टले स्थापना गरेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक रहेका खुलेको छ ।
बिहीबार दायर गरिएको धितोपत्र सम्बन्धी कसुरमा ८१ जना प्रतिवादी छन् । पाण्डे सञ्चालक रहेको लिबर्टीले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको शेर मूल्य बढाउने तथा प्रभावित पार्ने काम गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
त्यसबाट धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुर गरेको निष्कर्ष निकाल्दै सीआईबीले लिबर्टीका सञ्चालकले अन्य व्यक्ति र संस्थाहरूसँग मिलेर लगानीकर्ता तथा समग्र धितोपत्र बजारलाई झुक्याउने तथा योजना बनाउने काम गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
पाण्डे समेतले झुटा कारोबार गरेर लिबर्टीलाई ९९ लाख हानी पुर्याएको निष्कर्षसहित सरकारी वकिलले सो रकम बिगो मागदावी लिएको छ । उनका बुवा बिक्रम पाण्डे पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । बोलपत्र प्रणाली ह्याक गरेर ठेक्का कब्जा गरेको कसुरमा सीआईबीले विक्रमलाई पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ
-
कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)
-
सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न विशेष अदालतको आदेश
-
राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग
-
बालसेना भर्तीबारे सर्वोच्चले जारी गरेको निर्देशनात्मक आदेशमा के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण