लेखा समितिमा प्रधानसेनापति, ‘फास्ट ट्र्याकको १ अर्ब ३९ करोड बेरुजु तत्काल फर्स्योट हुने अवस्था छैन’
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्स्योट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
- संसद्को सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानसेनापति सिग्देलले सेनाले यस वर्ष कुल बेरुजुमध्ये ६० प्रतिशत फर्स्योट गर्ने लक्ष्य राखे पनि हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको र असार मसान्तसम्म अधिकतम १५ प्रतिशतसम्म मात्र पुग्ने जानकारी दिए ।
- उनले फास्ट ट्र्याकको प्याकेज ६ अन्तर्गतको १ अर्ब ३९ करोड रुपैयाँको लिक्विडेटेड ड्यामेज (एलडी) तत्काल फर्स्योट हुन नसक्ने मुख्य कारण रहेको बताए ।
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु घटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्स्योट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने दाबी गरेका हुन् । यद्यपि, तत्कालका लागि भने धेरै बेरुजु फर्स्योट हुन नसकेको उनले स्वीकार गरे ।
सेनाले यस वर्ष कुल बेरुजुमध्ये ६० प्रतिशत फर्स्योट गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको र असार मसान्तसम्म अधिकतम १५ प्रतिशतसम्म मात्र पुग्ने प्रधानसेनापति सिग्देलले जानकारी दिए । लक्ष्यअनुसार प्रगति नहुनुमा तराई–मधेस द्रुतमार्गको ठूलो रकम मुख्य कारण रहेको उनले स्पष्ट पारे ।
‘हामीले ६० प्रतिशत बेरुजु फर्स्योट गर्ने लक्ष्य लिएका थियौँ, तर अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र भएको छ र असार मसान्तसम्म अधिकतम १५ प्रतिशतसम्म गर्न सक्छौँ,’ उनले भने, ‘यसको मुख्य कारण फास्ट ट्र्याकको प्याकेज ६ अन्तर्गतको १ अर्ब ३९ करोड रुपैयाँको लिक्विडेटेड ड्यामेज (एलडी) हो, त्यो तत्काल फर्स्योट हुन सक्ने अवस्थामा नभएको जानकारी म सबैसमक्ष गराउन चाहन्छु ।’
प्रधानसेनापति सिग्देलका अनुसार सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेस गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । यसमा एम्युनेसन खरिदको ४ करोड ११ लाख ६९ हजार, मेसिनरी स्पेयर पार्ट्सको १ करोड ८९ लाख ९१ हजार, लक्ष्मी बैंकबाट ब्याज असुलीपश्चात् फर्स्योट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टीको १ करोड ५० लाख ६० हजार रुपैयाँ समावेश छ ।
यो रकम तत्काल महालेखामा पेस गरिने उनले बताए । यसैगरी, रक्षा मन्त्रालयमार्फत नियमित गर्नुपर्ने समरदली विभागका विभिन्न शीर्षकका २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु पनि असार मसान्तभित्र पठाइसक्ने सेनाको योजना छ ।
सैनिक कल्याणकारी कोषतर्फको बेरुजु फस्र्योटमा पनि सेनाले काम गरिरहेको छ । कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म करिब २ प्रतिशत अर्थात् ६५ लाख ४८ हजार मात्र फर्स्योट भएको छ । कोषअन्तर्गत रहेको नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २० करोड २१ लाख ७५ हजार बेरुजुमध्ये असारसम्म ९ करोड ३७ लाख फर्स्योट गर्ने लक्ष्य राखिएको छ । विमान चार्टर समितिको बेरुजुमध्ये १० करोड ११ लाख ६५ हजार पेस्की, १ करोड ७८ लाख ८० हजार नियमित प्रमाण पेस गर्नुपर्ने र ८ करोड ३३ लाख ५२ हजार असुलउपर गर्नुपर्ने शीर्षकमा रहेको छ ।
त्यस्तै, कोषतर्फकै अर्को १२ करोड ३६ लाख ३४ हजार बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार यसै असारभित्र फर्स्योट हुने सिग्देलले समितिलाई जानकारी दिए । यो रकममध्ये ५ लाख ६६ हजार पेस्की, ३ करोड ८६ लाख ४४ हजार नियमित प्रमाण पेस गर्नुपर्ने र ९ करोड ७ लाख ५० हजार असुलउपर गर्नुपर्ने शीर्षकमा छ ।
कल्याणकारी कोषतर्फका धेरै बेरुजुहरू २०३२ सालमा कोष स्थापना भएदेखिकै रहेकाले असुलउपर गर्न र कागजपत्र जुटाउन निकै गाह्रो भइरहेको सिग्देलले बताए । पुराना बेरुजुहरू वर्षौँदेखि सर्दै आएकाले प्रमाण खोज्न कठिन भए पनि सेनाले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । ‘धेरै पुराना बेरुजुहरू भए पनि हामीले प्रमाण खोजिराखेका छौँ,’ उनले भने, ‘सकेसम्म यो वर्ष हामीले कल्याणकारी कोषतर्फको ५० दशमलव १६ प्रतिशत बेरुजु असारभित्रै फर्स्योट गर्न सक्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण