सपिङको नयाँ ठेगाना : काठमाडौँमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सुरु
सारांश
- काठमाडौँको भृकुटीमण्डपमा 'ग्लोबल कन्जुमर एक्स्पो २०२६' सुरु भएको छ।
- यो मेला 'सपिङको नयाँ ठेगाना' भन्ने नाराका साथ जेठ २९ गतेदेखि सुरु भई असार २ गतेसम्म चल्नेछ।
- मेलामा १०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहेको छ र यसले व्यवसाय विस्तार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।
‘सपिङको नयाँ ठेगाना’ भन्ने मुख्य नाराका साथ बिहीबार (जेठ २९ गते) देखि सुरु भएको यो बृहत् एक्स्पो आगामी असार २ गतेसम्म सञ्चालन हुनेछ। मेलाले देशका प्रमुख ब्रान्डहरू, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताहरूलाई एउटै थलोमा ल्याउने विश्वास आयोजकले लिएको छ।
_K5VcxhcHRO.jpg)
पाँच दिनसम्म चल्ने यस एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय गरी १०० भन्दा बढी प्रदर्शकहरूको उत्साहजनक सहभागिता रहेको छ। विशेषगरी खुद्रा व्यापारी, उद्यमी र सर्वसाधारण ग्राहकहरूका लागि यो मेला एक गतिशील बजारका रूपमा स्थापित भएको छ। मेलाले व्यवसाय–देखि–व्यवसाय र व्यवसाय–देखि–उपभोक्ता बिचको व्यावसायिक सञ्जाल विस्तार गर्न तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने दाबी आयोजकको छ।
_1B25mtgIqC.jpg)
मेला अवधिभर करिब ३५ हजारभन्दा बढी आगन्तुकहरूले यसको अवलोकन गर्ने अनुमान गरिएको छ। उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै मेलामा दैनिक उपभोग्य वस्तु, भान्सा तथा घरायसी सामान, इलेकट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहना लगायतका विविध उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। यसका साथै प्रदर्शनीमा कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव लिन सकिने गरी एउटा विशेष ‘इन्टरएक्टिभ जोन’ को समेत व्यवस्था गरिएको छ, जहाँ अवलोकनकर्ताले फरक अनुभव लिन सक्नेछन्।
_2pBXZMDCuC.jpg)
बजार प्रवर्द्धन र ग्राहकलाई आकर्षित गर्नका लागि मेला अवधिभर विशेष छुटको व्यवस्था गरिएको छ। मेला घुम्न आउने अवलोकनकर्ताहरूका लागि सामान खरिदमा आकर्षक छुटका साथै ‘लक्की ड्र’ र विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। उपभोक्ता र व्यवसायी दुवैका लागि यो मेला सामग्री खरिद र व्यापार विस्तारको उत्कृष्ट अवसर बनेको छ।
_YgTUht8euT.jpg)
_yvJyZAxtVG.jpg)
_FzItZ2UPjT.jpg)
_kOmGhyKDeA.jpg)
_RfwuhecT46.jpg)
_lxUkApgvNk.jpg)
_8BdQYE4tbV.jpg)
_4GOVfRPVbE.jpg)
_KKGO88DKpi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवमा चन्द्र ढकालको स्मरण– ‘शून्यबाट सुरु गरेका थियौँ, इमानदारीपूर्वक काम गरे असम्भव केही छैन’
-
स्थानीय र प्रदेश सरकारलाई गगन थापाको निर्देशन, ‘विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखौँ’
-
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
पहिलो पटक आमनेसामने हुन लागेका क्यानडा र बोस्निया-हर्जगोभिना
-
ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा राय बाझियो, दुई न्यायाधीशले राखे फरक मत
-
पार्टी स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा चुलियो स्वार्थ समूहको लडाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण