भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने
शुक्रबार, २९ जेठ २०८३, १५ : ३५
सारांश
- भारतले नेपालका लागि नयाँ राजदूत पठाउने तयारी गरेको छ, जसको कार्यकाल सकिन लागेको छ।
- यसअघि भारतले विदेश मन्त्रालयका कर्मचारीलाई राजदूत बनाउँदै आएकोमा अब राजनीतिक नियुक्तिमा जोड दिएको छ।
- बंगलादेश र नेपालले पनि भारतमा राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने गरेका छन्।
काठमाडौँ । भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने भएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्को राजदूत पठाउने तयारी थालेको हो ।
यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो । अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको छ ।
बंगलादेशले पनि नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने गरेको छ । नेपालले पनि भारतमा राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने गरेको छ । भारतले कसलाई नेपालका लागि राजदूतको जिम्मेवारी दिने हो भन्ने खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
-
काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण