नेपाल माइक्रो इन्स्योरेन्समा सञ्चालक समितिको अध्यक्षमा लुइँटेल र सदस्यमा सत्याल नियुक्त
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो।
कम्पनीले नियामक निकाय तथा सम्बन्धित संस्थाहरूलाई पठाएको सूचनाअनुसार संस्थापक समूहका तर्फबाट अध्यक्ष आशिष श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिएको छ। श्रेष्ठले गत चैत १५ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए।
त्यसैगरी संस्थापक समूहका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण तथा स्वतन्त्र सञ्चालक बद्री सिग्देलले दिएको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको जनाएको छ।
रिक्त पदपूर्तिका लागि कम्पनीले नयाँ सञ्चालकहरू नियुक्त गरेको छ। संस्थापक समूहका तर्फबाट सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि नारदकुमार लुइँटेललाई सञ्चालक नियुक्त गर्दै कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत दिइएको छ।
लुइँटेलको नियुक्ति आगामी साधारणसभाबाट अनुमोदन नभएसम्म कायम रहनेछ। यस्तै बिजवर्ल्ड एड्भाइजरी प्रालिका प्रतिनिधि अशोकप्रसाद साह र सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि दीपककुमार मिश्रलाई पनि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
यसैगरी स्वतन्त्र सञ्चालकतर्फ़ दामोदर सत्याललाई नियुक्त गरिएको छ। कम्पनीका अनुसार यी सबै नियुक्तिहरू आगामी साधारणसभा सम्पन्न नभएसम्मका लागि अन्तरिम रूपमा गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण